भारतीय राज्य छत्तीसगढमा माओवादी प्रभावित बिजापुरको कुत्रु बेन्द्रे सडकमा संदिग्ध माओवादीले गरेको आक्रमणमा परी नौ सुरक्षाकर्मीको मृत्यु भएको छ।
प्रहरीका अनुसार यो आक्रमण आईईडी विस्फोटबाट गरिएको हो।
बस्तरका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीका अनुसार दन्तेवाडा, नारायणपुर, बस्तर र बिजापुरबाट विशेष कार्य बल र सीआरपीएफ जवानहरूको टोली माओवादी अपरेसनबाट फर्किंदै गर्दा आक्रमण भएको हो।
प्रहरीका अनुसार सोमबार दिउँसो सिपाहीको टोली कुत्रु थानाको अम्बेली गाउँ नजिकैबाट जाँदै गर्दा सुरक्षा बलको गाडीमा बम विस्फोट भएको थियो।
विस्फोट यति शक्तिशाली थियो कि ८ जना जिल्ला रिजर्भ गार्डका जवान र एक चालकको घटनास्थलमै मृत्यु भयो। केही सैनिक गम्भीर घाइते भएको बीबीसी हिन्दीले जनाएको छ।
309
Shares

प्रतिक्रिया