ग्लोबल


झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक

झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक

प्रतीकात्मक तस्बिर


नेपालखबर
पुस २९, २०८१ सोमबार १०:०, काठमाडौँ

भारतीय राज्य झारखण्डको धनबाद जिल्लास्थित एक निजी विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) विरुद्ध छात्राहरूलाई आफ्नो सर्ट खोल्न बाध्य पारिएको घटना सार्वजनिक भएको छ। 

तर प्रधानाध्यापकले आफूले त्यस्तो कुनै आदेश नदिएको दाबी गरेका छन्। 

पीडित छात्राहरूले धनबाद जिल्ला मजिस्ट्रेटमा गरेको लिखित उजुरीअनुसार घटना विद्यालयमा प्रि-बोर्ड परीक्षाको अन्तिम दिन भएको हो। 

स्कुलका प्रिन्सिपलले छात्राहरूले एकअर्काका लागि आफ्नो सर्टमा शुभकामना लेखेपछि यसले स्कुलको प्रतिष्ठामा आँच आउने भनी सबै सबैलाई सर्ट खोल्न लगाएको आरोप छ। 

यसपछि केही छात्रालेले आफैँले आफ्नो सर्ट फुकाले भने केहीका सर्ट सिनियर विद्यार्थीले फुकालिदिएका थिए। जिल्ला प्रशासनले सम्पूर्ण मामिलाको अनुसन्धान गर्न आदेश दिएको बीबीसी हिन्दीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad