ग्लोबल


जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प

प्रतीकात्मक तस्बिर


नेपालखबर
पुस २९, २०८१ सोमबार २०:८, काठमाडौँ

संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार सोमबार दक्षिणी जापानको तटमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

जापानको समयअनुसार सोमबार राति  ९:१९ बजे भूकम्प गएको हो। 

क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएको जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जनाएको छ। 

जेएमएले जनतालाई तटीय पानीबाट टाढा रहन आग्रह गरेको छ।

जेएमएले एक्समा भनेको छ, ‘सुनामी बारम्बार आउन सक्छ। कृपया समुद्रमा नजानुहोस् वा तटीय क्षेत्रहरू नजिक नजानुहोस्।’ 

भूकम्पका कारण उक्त क्षेत्रमा दुईवटा साना सुनामी आए पनि कुनै क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad