ग्लोबल


दोस्रोपटक अमेरिकाको सत्ता सम्हाल्दै ट्रम्पको उद्घोषः हाम्रो स्वर्ण युग सुरु भयो

दोस्रोपटक अमेरिकाको सत्ता सम्हाल्दै ट्रम्पको उद्घोषः हाम्रो स्वर्ण युग सुरु भयो

नेपालखबर
माघ ८, २०८१ मंगलबार ७:२५, काठमाडौँ

डोनाल्ड ट्रम्पले सोमबारदेखि दोस्रोपटक अमेरिकाको सत्ता सम्हालेका छन्। 

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले स्थानीय समयानुसार सोमबार राति अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा शपथ खाएका हुन्। 

सो अवसरमा उनले अमेरिकाको स्वर्ण युग सुरु भएको दाबी गरे। 

ट्रम्पले भने, ‘भविष्य हाम्रो हो। र, हाम्रो स्वर्ण युग भर्खरै सुरु भएको छ।’

उनले अगाडि भने, ‘आज म तपाईंहरूका अगाडि उभिएको छु, यो अब तपाईंले कुनै पनि कुरा असम्भव छ भनेर ठान्न पर्दैन भन्ने प्रमाण हो।’

अमेरिका असफल नहुने दाबी उनले गरे। 

उनले गरे, ‘आजका दिनदेखि, अमेरिका एक स्वतन्त्र, सार्वभौम र स्वतन्त्र राष्ट्र हुनेछ।’

आफ्नो भाषणमा ट्रम्पले विजय र सफलताको नयाँ उचाइ छुने दाबी पनि गरे। 

आफ्नो भाषणमा पानामा नहर उल्लेख गर्दै उनले भने, 'हामीले यो चीनलाई दिएका छैनौँ। हामी यो फिर्ता लिँदै छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad