ग्लोबल


अमेरिकामा विमान-हेलिकप्टर दुर्घटनाः १८ शव निकालियो

अमेरिकामा विमान-हेलिकप्टर दुर्घटनाः  १८ शव निकालियो

घटनास्थलमा एम्बुलेन्स र दमकल विभागका ट्रक छन्।


नेपालखबर
माघ १७, २०८१ बिहिबार ११:५९, काठमाडौँ

अमेरिकामा उडिरहेका विमान र सेनाको हेलिकप्टर आपसमा ठोकिँदा भएको दुर्घटनामा अहिलेसम्म १८ शव नदीबाट निकालिएको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्थानीय समय बुधबार राति ९ बजे रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै चालक दलका ४ सदस्यसहित ६४ जना सवार विमान र ३ सैनिक चढेको हेलिकप्टर ठोकिएर पोटोम्याक नदीमा खसेका हुन्। 

प्रहरी अधिकारीहरूले सीबीएस न्युजलाई बताएअनुसार खोजी टोलीले घटनास्थलबाट स्थानीय समय बुधबार राति ११:३० बजेसम्म १८ वटा शव निकालेको छ।

खोजी टोलीले अहिलेसम्म कोही पनि जीवित फेला पार्न सकेको छैन। खोजी तथा उद्धार जारी छ।

कान्सासको विचिटाबाट उडेको अमेरिकन इगल फ्लाइट ५३४२ विमान अवतरण गर्न खोजिरहेका बेला सेनाको हेलिकप्टरसँग ठोकिएको थियो।

भर्जिनियाको फोर्ट बेलभोइरमा रहेको ३ सदस्य सवार सेनाको उक्त हेलिकप्टर प्रशिक्षक्कण उडानमा थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad