ग्लोबल


आजदेखि क्यानडा, मेक्सिको र चीनलाई कर लगाउने ट्रम्पको निर्णय

आजदेखि क्यानडा, मेक्सिको र चीनलाई कर लगाउने ट्रम्पको निर्णय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
माघ १९, २०८१ शनिबार ७:२६, काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि मेक्सिको, क्यानडा र चीनलाई कर लगाउने निर्णय गरेका छन्।

ह्वाइट हाउसका अनुसार मेक्सिकोलाई २५ प्रतिशत, क्यानडालाई २५ प्रतिशत र चीनलाई १० प्रतिशत भन्सार लगाइनेछ।

राष्ट्रपति ट्रम्पले केही समयदेखि कर लगाउने विषयमा निरन्तर आफ्नो विचार राखिरहेका थिए। 

मेक्सिको, क्यानडा र चीनमा कर लगाएपछि ट्रम्पले भविष्यमा युरोपेली संघमा पनि कर लगाउने योजना रहेको बताएका छन्।

यो समूहले अमेरिकालाई राम्रो व्यवहार नगरेको उनको भनाइ छ। 

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले क्यानडा र मेक्सिकोमा कर बढाउनुको कारण व्याख्या गरेकी छन्।

उनले भनिन्, ‘क्यानडा र मेक्सिकोले हाम्रो देशमा अवैध फेन्टानिल वितरण गरे, जसले १० लाख भन्दा बढी अमेरिकीको ज्यान लिएको छ।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad