ग्लोबल


दक्षिण अफ्रिकालाई दिइने सहयोग रोक्ने ट्रम्पको चेतावनी

दक्षिण अफ्रिकालाई दिइने सहयोग रोक्ने ट्रम्पको चेतावनी

नेपालखबर
माघ २१, २०८१ सोमबार ७:२६, काठमाडौँ

पदभार ग्रहण गर्नेबित्तिकै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशमा  कर (भन्सार महसुल) लगाए र विदेशमा दिइने सहायता बन्द गरे।

अब ट्रम्पले दक्षिण अफ्रिकालाई दिइने सहयोग रोक्ने चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल वेबसाइट ट्रुथ सोसलमार्फत यो कुरा बताएका हुन्।

ट्रम्पले लेखेका छन्, ‘दक्षिण अफ्रिकाले भूमि कब्जा गरिरहेको छ र केही समूहका मानिसलाई नराम्रो व्यवहार गरिरहेको छ। यो एकदमै नराम्रो अवस्था हो जसका बारेमा कट्टरपन्थी वामपन्थी मिडियाले धेरै कुरा गरिरहेका छैनन्।’

‘सबैका अगाडि ठूलो मात्रामा मानव अधिकार उल्लंघन भइरहेको छ। अमेरिकाले यो सहने छैन र यसविरुद्ध कारबाही गर्नेछ’, उनले अगाडि लेखेका छन्, ‘परिस्थितिको अनुसन्धान नभएसम्म म दक्षिण अफ्रिकालाई भविष्यमा दिइने सबै सहयोग रोक्नेछु।’

अमेरिकी सरकारको तथ्यांकअनुसार सन् २०२३ मा अमेरिकाले दक्षिण अफ्रिकालाई ४४ करोड डलरको सहायता दिएको थियो।

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले गत महिना आफू "राष्ट्रपति ट्रम्पसँग दक्षिण अफ्रिकाको सम्बन्धको बारेमा चिन्तित नभएको’ बताएका थिए। 

उनले भनेका थिए, ‘जनवरीको अन्त्यमा चुनाव जितेपछि राष्ट्रपति ट्रम्पसँग कुरा गरेको थिएँ र म ट्रम्प प्रशासनसँग काम गर्न उत्सुक छु।’

आफ्नो पहिलो कार्यकालमा राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानहरूको सामूहिक हत्या र जग्गा कब्जाको अनुसन्धान गर्ने वाचा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad