ग्लोबल


सामसङ प्रमुख लीलाई ‘ठगी मुद्दा’मा पुनः सफाइ

सामसङ प्रमुख लीलाई ‘ठगी मुद्दा’मा पुनः सफाइ

नेपालखबर
माघ २१, २०८१ सोमबार १३:५७, सियोल

सामसङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को विवादास्पद मर्जरसँग सम्बन्धित विभिन्न आरोपबाट सोमबार पुनः सफाइ मिलेको छ।

लीलाई गत वर्षको एक सुनुवाइमा अभियोगबाट मुक्त गरिएको थियो, तर अभियोजकहरूले उक्त फैसलाविरुद्ध अपिल गरेका थिए।

एएफपीले प्राप्त गरेको अदालती कागजातमा भनिएको छ, ‘प्रस्तुत गरिएका प्रमाणहरू तर्कसङ्गत शङ्काभन्दा बाहिर आरोप प्रमाणित गर्न पर्याप्त थिएनन्।’

लीलाई स्टक प्राइस हेरफेर, विश्वासघात र ‘एकाउन्टिङ फ्रड’लगायतका आरोपबाट सफाइ दिइएको हो।

यो मुद्दा सन् २०१५ मा निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसङ सी एन्ड टी र चेइल इन्डस्ट्रिजबीच भएको मर्जरसँग सम्बन्धित छ।

लीले सियोलको अदालत छाड्ने क्रममा कुनै पनि प्रश्नको जवाफ दिएनन् तर उनका वकिलहरूले पत्रकारहरूलाई भने, ‘हामी ‘अदालतको बुद्धिमत्तापूर्ण निर्णयको लागि हृदयदेखि धन्यवाद’ दिन्छौँ।

‘यो मुद्दाको अनुसन्धान र सुनुवाइ प्रक्रिया सुरु भएको धेरै लामो समय भइसकेको छ,’ लीको कानुनी टोलीले भनेको छ।

‘हामी आशा गरेका छौँ कि यस फैसलासँगै प्रतिवादीहरू अब आफ्नो उचित कर्तव्य र जिम्मेवारीमा फर्कन सक्नेछन्।’
 
सन् २०१७ मा पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई पदच्युत गर्ने व्यापक अनुसन्धानपछि लीलाई १८ महिनाको जेल सजाय सुनाइएको थियो।

दक्षिण कोरियाको विशाल प्रविधि कम्पनी सामसङ समूहको हार (गहना) मानिने सामसङ इलेक्ट्रोनिक्सका वर्तमान कार्यकारी अध्यक्षलाई सन् २०२१ को अगष्टमा पेरोलमा रिहा गरिएको थियो। 

दक्षिण कोरियाका तत्कालीन राष्ट्रपतिले उहाँलाई आममाफी दिएको दुई महिनापछि सन् २०२२ को अक्टोबरमा उहाँ औपचारिक रूपमा कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad