ग्लोबल


जर्मनीमा नेपाली साहित्यिक समारोह सम्पन्न

जर्मनीमा नेपाली साहित्यिक समारोह सम्पन्न

नेपालखबर
माघ २२, २०८१ मंगलबार १२:४२, काठमाडौँ

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले बसन्त पञ्चमीको अवसरमा सरस्वतीको पूजा गर्दै साहित्यिक समारोहको आयोजना गरेको छ।

जर्मनीको फ्राङ्कफर्टमा गत आईतबार भएको समारोहमा प्रमुख अतिथिका रूपमा जर्मनीका लागि नेपालका राजदूत डा. शैल रुपखेतीको उपस्थिति रहेको थियो। 

अनेसास जर्मनी च्याप्टरकी अध्यक्ष सुजाता घिमिरे राउतको सभापतित्वमा आयोजित उक्त समारोहमा विशेष वक्ताका रूपमा एनआरएनका संस्थापक तथा नियात्राकार जीवा लामिछाने तथा अनेसासका केन्द्रीय उपाध्यक्ष डिल्ली अम्माईको सहभागिता रहेको थियो।

कार्यक्रममा सैयौंको संख्यामा नेपाली साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको प्रमुख संयोजन प्रतिक्षा पोख्रेलले गरेकी थिईन् भने खड्ग न्यौपाने, गौरब तिवारी र सीमा ढुंगानाबाट कार्यक्रम सञ्चालन गरिएको थियो। 

समारोहमा बेल्जियम, नेदरल्यान्ड लगायतका छिमेकी मुलुकहरूबाट समेत साहित्यकारहरूको सहभागिता रहेको थियो। 

कार्यक्रममा बेल्जियमबाट साहित्यकारहरू क्रमशः पञ्चम अधिकारी, ब्रम्हदत्त वाग्ले, अनेसास बेल्जियम च्याप्टर महासचिव गोपाल दाहाल र जर्मनीबाट सागर फुयाल, लिलाराज कार्की, शिशिर परियार, मनोजकुमार यादव, सौरभ कर्ण, दिनेश प्रधान, यज्ञ अधिकारी, कृतन गौतम, सुमन सिम्खडा, हरि हुमागाईं, अजित खड्का,ईनेशराज सुवेदी, बाबुराम भण्डारी,  मनोजबाबु पनेरु, कपिल अर्याल, लुकास लुईटेल, रविकिरण काफ्ले, सञ्जय पौडेल, विमल रानाभाट लगायत दर्जनौं कवि तथा साहित्यकारहरूले आफ्नो रचना वाचन गरेका थिए। 

समारोहमा कपिल अर्यालबाट पुस्तक चर्चा तथा सुवास सापकोटाबाट नेपाली साहित्य केन्द्रित हाजिरी जवाफ प्रतियोगिताको संयोजन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad