शनिबार राति नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा अहिलेसम्म १८ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन्।
यसैबीच भारतीय रेलवेले मृतकका परिवार र घाइतेका लागि क्षतिपूर्ति तथा राहत रकमसमेत घोषणा गरिसकेको छ।
शनिबार राति नयाँ दिल्ली रेलवे स्टेसनमा भारतीय राज्य प्रयागराजमा जारी महाकुम्भ मेलामा जाने यात्रुहरूको भीड लागेको थियो। रेल ढिला आएकाले चढ्न ठेलमठेल गर्दा भागदौड मच्चिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
यसैबीच उक्त भागदौडका केही तस्बिर सार्वजनिक भएका छन्।
हेर्नुहोस् १० तस्बिर:










192
Shares

प्रतिक्रिया