ग्लोबल


दिल्लीमा भूकम्प गएपछि मोदीको अपिल: सतर्क रहनुहोस्

दिल्लीमा भूकम्प गएपछि मोदीको अपिल: सतर्क रहनुहोस्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी


नेपालखबर
फागुन ५, २०८१ सोमबार ९:१०, काठमाडौँ

भारतको राजधानी दिल्लीमा सोमबार बिहानै भूकम्प गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सावधानी अपनाउन नागरिकलाई अपिल गरेका छन्। 

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार सोमबार बिहान ५:३६ बजे दिल्ली र वरपरका क्षेत्रमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु दिल्लीमा जमिनभन्दा पाँच किलोमिटर तल थियो।

प्रधानमन्त्री मोदीले सबैलाई सतर्क रहन अपिल गरेका छन्।

उनले एक्समा लेखेका छन्, ‘दिल्ली र वरपरका क्षेत्रमा भूकम्पको झट्का महसुस गरियो। म सबैलाई सुरक्षा सावधानी अपनाउन अपिल गर्दछु। सतर्क रहनुहोस्। अधिकारीहरूले परिस्थितिमा नजर राखिरहेका छन्।’

भूकम्प आउँदा दिल्ली, नोएडा, ग्रेटर नोएडा र गाजियाबादका मानिसहरू घरबाट बाहिर निस्किएका थिए।

यो खबर लेख्दासम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad