समाज


दैलेखमा ११ वर्षीय बालकको आफ्नै साथीहरूबाट हत्या

गाडेको अवस्थामा शव बरामद
दैलेखमा ११ वर्षीय बालकको आफ्नै साथीहरूबाट हत्या

नेपालखबर
फागुन ५, २०८१ सोमबार ९:५३, सुर्खेत

दैलेखमा ११ वर्षीय एक बालकको हत्या भएको छ। दुल्लु नगरपालिका–५ घर भएका शमबहादुर दशौंदीका ११ वर्षीय छोरा खेमराज दशौंदीको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।  

गत माघ २५ गते हराएका ती बालकको शव आफ्नै साथीहरूले हत्या गरेर गाडेको अवस्थामा शनिबार प्रहरीले फेला पारेको हो।

सँगैका साथीले हत्या गरेर बालकको शव घर नजिकै रहेको बाँसघारीमा गाँडेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ। 

माघ २५ गतेदेखि सम्पर्कविहीन भएका राजनलाई खोजी गरिदिन अभिभावकले माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए। 

हराएका बालकको हुलिया परिपत्र गरी प्रहरीले खोजतलास गरेको थियो। अनुसन्धानको क्रममा उनीसँगै रहेका साथीहरूले हत्या गरेको पत्ता लागेको प्रहरीको भनाइ छ। हत्यामा संलग्न भएको आशंकामा प्रहरीले २ बालकलाई पक्राउ गरेको छ। उनीहरूले हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार चोरी गरेर ल्याएको सुनको गहना (तिलहरी) बिक्री गर्ने विषयमा विवाद हुँदा ती बालकलाई आफ्नौ साथीले माघ २५ गते राति नै हत्या गरेर घरनजिकै रहेको खोलामा खाल्डो खनी गाडेका थिए।

फागुन ३ गते प्रहरी टोली घटनास्थलमा पुगेर खाल्डो खनेर उनको शव निकालेको हो।

‘अनुसन्धान गर्ने क्रममा बाँसघारी नजिकैको खोल्साको छेउमा खाल्डो खनी गाडेको अवस्थामा उनको शव भेटिएको हो,’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारले भने, ‘गाडेको अवस्थामा हराएका भनिएका बालकको शव फेला परेको छ। घटनामा संलग्न दुई बालकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौँ।’

उनीहरूविरुद्ध जिल्ला अदालत दैलेखबाट म्याद थप गरेर अनुसन्धान जारी राखेको प्रहरी निरीक्षक सुनारले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad