अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यबारे अमेरिका र रुसबीच भएको वार्ताविरुद्ध युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दिएको अभिव्यक्तिले आफू निराश भएको बताएका छन्।
युक्रेनमा जारी युद्ध अन्त्य गर्न मंगलबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोवले साउदी अरेबियामा शान्ति वार्ता गरेका थिए।
तर त्यसमा आफ्नो देशलाई सहभागी नगराइएकाले सहमति मान्य नहुने चेतावनी जेलेन्स्कीले दिएका थिए।
यसप्रति प्रतिक्रिया दिँदै ट्रम्पले भने, "मैले सुनेको छु कि उनीहरू (युक्रेन) बैठकमा स्थान नपाएका कारण रिसाएका छन्। तर उनीहरूका लागि तीन वर्ष र त्यसभन्दा पहिले पनि स्थान थियो। यो धेरै सजिलै समाधान गर्न सकिन्थ्यो।"
रुसले २०२२ फेब्रुअरी मा युक्रेनमा आक्रमण गरेपछि त्यसबेलादेखि दुई देशबीच युद्ध जारी छ।
Shares

प्रतिक्रिया