भारतको उडिसास्थित भुवनेश्वरमा रहेको कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीले स्वर्गीय प्रकृति लम्सालको सम्झनामा नेपाली विद्यार्थीका लागि विशेष छात्रवृत्ति दिने भएको छ।
प्रकृतिका बुबाको चाहनाअनुसार इन्स्टिच्युटले उनकै नाममा विशेष छात्रवृत्ति कार्यक्रम ल्याउनलागेको हो।
इन्स्टिच्युटका प्राध्यापक अच्युत सामन्तले प्रकृतिका बुबा र काकासँग भेट गरेका थिए। सो क्रममा बुबाले छोरीको नाममा छात्रवृत्ति कार्यक्रमको चाहना व्यक्त गरेको इन्स्टिच्युटले जनाएको छ।
गत ४ गते प्रकृति सोही कलेजको छात्रावासमा मृत भेटिएकी थिइन्।
894
Shares

प्रतिक्रिया