भारतीय राज्य उत्तराखण्डको चमोलीस्थित माणामा शुक्रबार दिउँसो हिमपहिरोका जाँदा सडक निर्माणमा संलग्न ४१ कामदार फसेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार सुरुमा हिमपहिरोमा ५७ कामदार फसेका थिए। तर तीमध्ये १६ जनाको उद्धार गरिएको छ। उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। तर अझै ४१ जना कामदार त्यहीँ अलपत्र छन्।
शुक्रबार दिउँसो बद्रीनाथ धामअगाडि माणामा हिमनदी फुटेका कारण यो दुर्घटना भएको हो।
चमोली जिल्ला मजिस्ट्रेट सन्दीप तिवारीले मिडियासँग भनेका छन्, ‘घटनास्थलनजिकै सेनाको आवतजावतका लागि सडकबाट हिउँ हटाउने ५७ जना कामदारहरू उपस्थित रहेको थाहा भएको छ। घटनामा मानवीय क्षतिको बारेमा हालसम्म कुनै जानकारी छैन।’
उनका अनुसार उद्धारका लागि टोलीहरू खटिएका छन्। तर हिमपात र वर्षा भइरहेकाले उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न सकिएको छैन।
हेर्नुहोस् हिमपहिरोका थप तस्बिर-
— ANI (@ANI) February 28, 2025An avalanche struck a GREF Camp near Mana village in Garhwal Sector. A number of labourers are feared to be trapped. Indian Army’s IBEX BRIGADE swiftly launched rescue operations inspite of continuing heavy snowfall and minor avalanches. So far, 10 personnel have been rescued and… pic.twitter.com/gn7I1dmCI2
Shares

प्रतिक्रिया