राजनीति


राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक

राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक

नेपालखबर
फागुन १६, २०८१ शुक्रबार २०:५, काठमाडौँ

राप्रपा नेपालले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। 

आगामी फागुन १९ गते सोमबार पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

बैठकमा मुलुकको पछिल्लो समय बिकसित घटनाक्रम, आन्दोलन र पार्टीको विभिन्न कार्यक्रमको तयारी, महाधिवेशन र संगठन सुदृढीकरणका बारेमा छलफल र समीक्षा हुने स्रोतले बतायो। 

पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देश र सहयोग गर्न गरिएको आव्हानलाई अत्यन्तै महत्वकासाथ बैठकमा छलफल हुने समेत बताइएको छ। 

पूर्वराजाको सन्देश पश्चात् पार्टी अध्यक्ष कमल थापाले राजाको आह्वानलाई साथ दिँदै सबै राजावादी, हिन्दुवादी र संघीयता विरोध एक भएर आन्दोलनमा जान ढिलाइ गर्न नहुने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad