ग्लोबल


उत्तराखण्ड अपडेट: हिमपहिरोमा फसेका ५७ कामदारमध्ये ३२ जनाको उद्धार

उत्तराखण्ड अपडेट: हिमपहिरोमा फसेका ५७ कामदारमध्ये ३२ जनाको उद्धार

घटनास्थल


नेपालखबर
फागुन १६, २०८१ शुक्रबार २०:९, काठमाडौँ

भारतीय राज्य उत्तराखण्डको चमोलीमा शुक्रबार भीषण हिमपहिरो जाँदा फसेका ५७ कामदारमध्ये अहिलेसम्म ३२ जनाको उद्धार गरिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार अझै २५ कामदार हिउँमा फसिरहेका छन्। उद्धार प्रयास जारी छ। 

चमोली जिल्लाको बद्रीनाथ क्षेत्रमा शुक्रबार ठूलो हिमपहिरो गएको हो। यो हिमपहिरोले भारत-तिब्बत सीमा नजिकैको माणा गाउँमा रहेको सीमा सडक संगठन (बीआरओ) शिविरलाई ढाक्यो।

घटनाका समयमा शिविरमा जम्मा ५७ कामदार थिए, जसमध्ये अहिलेसम्म ३२ कामदारलाई बाहिर निकालिएको हो। सबैलाई नजिकैको माणा गाउँमा रहेको सेनाको शिविरमा लगिएको छ।

उद्धार टोलीबाट प्राप्त जानकारीअनुसार उद्धार गरिएका १६ जनामध्ये ४ कामदारको अवस्था गम्भीर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad