कला


काठमाडौँ उत्सवमा लेखकद्वय ध्रुवचन्द्र गौतम र वसन्त चौधरीबीच संवाद

काठमाडौँ उत्सवमा लेखकद्वय ध्रुवचन्द्र गौतम र वसन्त चौधरीबीच संवाद

नेपालखबर
फागुन १६, २०८१ शुक्रबार २०:१८, काठमाडौँ

मदन पुरस्कार विजेता लेखक ध्रुवचन्द्र गौतम धेरै पटक आफ्ना अनुभव साट्न स्टेज चढेका छन्। उनले धेरै कार्यक्रममा अरुका प्रश्नका उत्तरहरु दिएका छन्। 

तर शुक्रबार काठमाडौं उत्सवमा उनी पहिलो पटक कार्यक्रममा प्रश्नकर्ताका रुपमा प्रस्तुत भए। नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा उनका प्रश्नहरुको सामना गर्ने अतिथि थिए, व्यवसायी तथा लेखक वसन्त चौधरी।

चर्चित भारतीय गायक गायिका कैलाश खेर, श्रेया घोषाल गीतकारको परिचय बनाएका चौधरीबीचको कुराकानी पनि संगीतबाटै सुरु भयो। 

गौतमले नारायणगोपालसँगको अन्तिम भेटको स्मरण गर्दै सोधे, तपाईंका गीतहरु नेपाल र भारतका धेरै चर्चित गायक गायिकाले गाएका छन्। नारायणगोपाललाई गीत गाउन दिन मन लागेन?

जवाफमा चौधरीले भने, मैले नारायणगोपालका लागि गीत लेख्न आफूलाई परिपक्व ठानिनँ।

ठट्टा गर्न माहिर लेखक गौतमले थपे, तपाईंसँग नारायणगोपालले गीत माग्नुभएन। मैले भने गाउन दिँदा पनि गाउनुभएन।

छलफल वक्ता चौधरीको साहित्यिक लेखनको सेरोफेरोमा केन्द्रित रह्यो। चौधरीले भने, मलाई व्यवसायभन्दा सधैं कला साहित्यले तानिरह्यो। मेरा गीत कविता सुनेर दर्शक स्रोताले दिने प्रतिक्रियाले मलाई अरु सबै कुराले भन्दा बढी ऐश्वर्य दिन्छ।

पत्रिका प्रकाशनमा समेत समय र पैसा लगानी गरेका व्यवसायी चौधरीले पत्रकारितामा पनि आफूलाई विशेष लगाव भएको बताए। व्यवसाय, पत्रकारिताबाहेक साहित्यका गीत कवितालगायत विधामा कलम चलाएका चौधरीलाई गौतमले सोधे, तपाईंले लेखनका धेरै विधालाई छुनुभएको छ, यसमा कुनचाहिँ नजिक छरु
चौधरीले भने, सबैभन्दा नजिक कविता नै हो।

कवितालाई सबैभन्दा प्रिय भने पनि कार्यक्रमकै दौरानमा पहिलो पटक चौधरीले आफूले लेखिरहेको नयाँ उपन्यासको नाम सार्वजनिक गरे, देवयानी।

उनले उपन्यास एक जना साथीको वास्तविक कथामै आधारित भएको समेत जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad