ग्लोबल


ट्रम्पसँग विवादपछि जेलेन्स्की पुगे लन्डन, स्टारमरले गरे स्वागत

ट्रम्पसँग विवादपछि जेलेन्स्की पुगे लन्डन, स्टारमरले गरे स्वागत

बेलायती प्रधानमन्त्री केयर स्टारमर र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की


नेपालखबर
फागुन १८, २०८१ आइतबार ७:३८, काठमाडौँ

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएपछि ह्वाइट हाउसबाट निकालिएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफ्नो प्रतिनिधिमण्डलसहित लन्डन पुगेका छन्।

त्यहाँ शनिबार उनलाई बेलायती प्रधानमन्त्री केयर स्टारमरले न्यानो स्वागत गर्दै युक्रेनलाई आफ्नो साथ यथावत् रहने बताए।

स्टारमरले न्यानो स्वागत गर्दा जेलेन्स्की मुस्कुराइरहेको तस्बिर सार्वजनिक भएको छ। 

स्टारमरले जेलेन्स्कीसँग भने, ‘हामी त्यतिबेलासम्म युक्रेनका पक्षमा उभिनेछौँ, जतिबेलासम्म आवश्यकता पर्छ।’  

आइतबार लन्डनमा युरोपेली नेताहरूको सम्मेलन हुँदै छ। 

राष्ट्रपति जेलेन्स्की पनि यसमा सहभागी हुनेछन्। यसको आयोजना बेलायती प्रधानमन्त्री स्टारमरले गर्ने भएका हुन्। 

शुक्रबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्स भेट्न अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट  हाउस पुगेका थिए। 

युक्रेनले अमेरिकालाई बहुमूल्य खनिज दिने सम्झौता गर्न भनेर त्यहाँ पुगेका उनी ट्रम्प र भान्ससँग चर्को विवादमा परे। 

यस विषयमा विश्वभरका नेताहरूले प्रतिक्रिया जनाएका छन्।

भेटवार्ताका क्रममा जेलेन्स्कीले भनेका थिए, ‘हामी सुरक्षा ग्यारेन्टीसहितको युद्धविराम चाहन्छौँ।’

वादविवादमा उत्रिएपछि ट्रम्पले जेलेन्स्कीलाई अमेरिका र अमेरिकी जनताको अनादर गरेको आरोप लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad