ग्लोबल


अमेरिका आप्रवासीहरूको देश हो, ट्रम्पको नीतिले मन्दीमा पुर्‍याउनेछ: डेमोक्र्याट

अमेरिका आप्रवासीहरूको देश हो, ट्रम्पको नीतिले मन्दीमा पुर्‍याउनेछ: डेमोक्र्याट

संसद्‌मा ट्रम्पको सम्बोधनपछि डेमोक्र्याटिक पार्टीको तर्फबाट सिनेटर इलिसा स्लटकिनले जवाफ दिइन्।


नेपालखबर
फागुन २१, २०८१ बुधबार १२:५२, काठमाडौँ

अमेरिकामा डेमोक्र्याटिक पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पले अपनाएको आप्रवासन नीतिको आलोचना गरेको छ। 

दोस्रोपटक राष्ट्रपति पद सम्हालेपछि ट्रम्पले पहिलोपटक बुधबार संसद्‌मा सम्बोधन गरेका छन्। १ घण्टा ४४ मिनेटको लिखित भाषण दिएका उनले आप्रवासन नीतिसहित १० महत्त्वपूर्ण कुरा बताएका छन्। 

बुधबार संसद्‌मा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प।

ट्रम्पको भाषणपछि डेमोक्र्याटिक पार्टीका तर्फबाट जवाफ दिँदै सांसद इलिसा स्लटकिनले ट्रम्पले लागू गरेको आप्रवासन नीतिको आलोचना गरेकी हुन्। 

उनले भनिन्, ‘भाँचिएको अध्यागमन प्रणालीलाई ठीक नगरी सीमा सुरक्षित गर्नु भनेको रोगको सट्टा लक्षणको उपचार गर्नुजस्तै हो।’

‘अमेरिका आप्रवासीहरूको देश हो’, उनले थपिन्, ‘हामीलाई एउटा यस्तो प्रणाली चाहिन्छ जुन व्यावहारिक होस् र हाम्रो अर्थतन्त्रको आवश्यकतामा केन्द्रित होस्, जसले उत्तम व्यक्तिहरूलाई कानुनी रूपमा आएर काम गर्न अनुमति दिन्छ।’

ट्रम्पले अमेरिकालाई मन्दीमा लाने आरोप पनि डेमोक्र्याट सांसद स्लटकिनले लगाइन्। 

उनले भनिन्, ‘ट्रम्पले हामीलाई सिधै मन्दीमा पुर्‍याउनेछन्।’

यस्तै उनले ट्रम्पलाई 'शीतयुद्ध'मा हार स्वीकार गरेको आरोप पनि लगाएकी छन्।

‘शीतयुद्धको समयमा हुर्केको व्यक्तिका रूपमा म १९८० को दशकमा ट्रम्प होइन, रेगन राष्ट्रपति भएकोमा कृतज्ञ छु’, स्लटकिनले भनिन्।

उनले थपिन्, ‘म चिनियाँ वा रुसी नेतृत्वको सट्टा अमेरिकी नेतृत्वलाई प्राथमिकता दिनेछु।’

पूर्वअमेरिकी राष्ट्रपति रोनाल्ड रेगन पनि रिपब्लिकन पार्टीकै थिए। मृत्यु भएको २० वर्षपछि पनि उनी रिपब्लिकन समर्थकमाझ लोकप्रिय छन्। धेरै मानिस उनको कार्यकालमा अमेरिकाले द्रुत गतिमा प्रगति गरेको विश्वास गर्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad