भारतीय वायुसेनाको जगुआर लडाकु विमान शुक्रबार हरियाणाको पञ्चकुलामा दुर्घटनाग्रस्त भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार विमान अम्बाला एयरबेसबाट प्रशिक्षण उडानका लागि उडेको थियो।
विमान दुर्घटना हुँदै गर्दा पाइलट भने प्यारासुटको मद्दतले पहिले नै सुरक्षित निक्लिन सफल भए।
भारतीय वायुसेनाका अधिकारीले घटनाको अनुसन्धान गर्न आदेश दिइएको बताएका छन्।
लडाकु विमान मोर्नीको पहाडी क्षेत्रको बलदवाला गाउँनजिकै खसेको हो।
घटनापछि वरपरका गाउँमा कोलाहल मच्चिएको थियो।
4.0k
Shares

प्रतिक्रिया