ग्लोबल


हाथरसमा छात्रालाई शृंखलाबद्ध बलात्कार गरेको आरोपमा प्राध्यापक पक्राउ

हाथरसमा छात्रालाई शृंखलाबद्ध बलात्कार गरेको आरोपमा प्राध्यापक पक्राउ

आरोपित प्राध्यापकलाई प्रहरीले नियन्त्रणमा लिँदै।


नेपालखबर
चैत ८, २०८१ शुक्रबार ५:१९, काठमाडौँ

भारतको उत्तर प्रदेश राज्यस्थित हाथरस प्रहरीले शृंखलाबद्ध बलात्कार आरोपमा एक प्राध्यापकलाई पक्राउ गरेको छ।

हाथरसको एक डिग्री कलेजमा भूगोल विभागका प्राध्यापक रजनीश कुमारलाई प्रहरीले मार्च १९ मा प्रयागराजबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले छात्राहरूसँग शारीरिक सम्बन्ध राखेर उत्पीडन गरेको स्वीकार गरेका छन्।

प्रोफेसर रजनीश कुमारले धेरै वर्षदेखि छात्रा र महिलाहरूलाई ब्ल्याकमेल गरिरहेको पाइएको हाथरस प्रहरीले जनाएको छ।

उनले गोप्य क्यामेरा प्रयोग गरेर छात्राहरूको भिडिओ बनाई यौन शोषण गरेको आरोप छ।

राज्य महिला आयोगबाट एउटा बेनामे पत्र प्राप्त भएपछि अनुसन्धान सुरु गर्दा यो कुरा खुलासा भएको हो। 

प्रदेश महिला आयोगकी उपाध्यक्ष अपर्णा यादवले सञ्चारकर्मीलाई भनिन्, ‘केही दिनअघि महिला आयोगमा एउटा मुद्दा आएको थियो। मैले तत्काल कारबाही गर्न आदेश दिएको थिएँ। अब प्रहरीले उनलाई पक्राउ गरेको छ, यो खुसीको कुरा हो।’

हाथरसका प्रहरी अधीक्षक चिरञ्जीव नाथ सिन्हाले मार्च १३ मा एउटा पत्र र एउटा सीडी प्राप्त भएको र यसको अनुसन्धान गर्दा वास्तविकता पत्ता लागेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad