ग्लोबल


भारतको झारखण्डमा दुई रेल ठोकिए

भारतको झारखण्डमा दुई रेल ठोकिए

नेपालखबर
चैत १९, २०८१ मंगलबार १२:३६, काठमाडौँ

भारतको झारखण्डमा मंगलबार बिहान दुई मालवाहक रेल आपसमा ठोकिएका छन्। 

समाचार एजेन्सी पीटीआईका अनुसार यो दुर्घटना झारखण्डको साहिबगंजमा भएको हो।

दुर्घटनामा दुवै रेलका चालकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटना बिहान ३ बजेतिर बरहट प्रहरी चौकी क्षेत्रअन्तर्गत भोगनाडीह नजिकै भएको हो। 

दुवै रेल सरकारी विद्युत् कम्पनी एनटीपीसीका हुन्। 

दुर्घटना भएको ट्र्याक पनि एनटीपीसीको हो। यो ट्र्याक मुख्यतया पावर प्लान्टमा कोइला ढुवानी गर्न प्रयोग गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad