युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले अमेरिकाले लगाएको ‘ट्यारिफ’ (भन्सार महसुल) विश्व अर्थतन्त्रका लागि ठूलो धक्का भएको बताएकी छन्।
उनले भनेकी छन्, ‘स्पष्ट छ- यसको परिणाम गम्भीर हुनेछ, विश्वव्यापी अर्थतन्त्रले ठूलो क्षति बेहोर्नेछ, अनिश्चितता बढ्नेछ र लाखौँ मानिस प्रभावित हुनेछन्।’
भोन डेर लेयनले भन्सार शुल्कको प्रभाव तुरुन्तै देखिने उल्लेख गर्दै विशेष गरी कमजोर वर्गलाई हानि पुर्याउने बताएकी छन्।
आफ्नो वक्तव्यको अन्त्यमा उनले युरोपको एकतामा जोड दिएकी छन्।
उनले भनेकी छन्, ‘हामी सबै (युरोप) यसमा एकसाथ उभिएका छौँ। यदि तपाईंले हामीमध्ये एकलाई निशाना बनाउनुभयो भने तपाईं हामी सबैलाई चुनौती दिइरहनुभएको छ। हाम्रो एकता हाम्रो शक्ति हो।’
ट्रम्पले चीनमा ३४ प्रतिशत, भियतनाममा ४६ प्रतिशत र कम्बोडियामा ४९ प्रतिशत भन्सार महसुल लगाएका छन्।
Shares

प्रतिक्रिया