ग्लोबल


२३ केटाले एक छात्रालाई सामूहिक बलात्कार प्रकरणमा कडा कारबाही गर्न मोदीको निर्देशन

२३ केटाले एक छात्रालाई सामूहिक बलात्कार प्रकरणमा कडा कारबाही गर्न मोदीको निर्देशन

नेपालखबर
चैत ३०, २०८१ शनिबार ६:१२, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसीको चर्चित सामूहिक बलात्कारमा संलग्नहरूलाई कडा कारबाही गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार वाराणसी भ्रमणका क्रममा विमानस्थलमा अवतरण हुनेबित्तिकै प्रहरी आयुक्त र डीएमसँग बलात्कार प्रकरणको पूर्ण जानकारी लिँदै उक्त निर्देशन दिएका हुन्। 

उनले आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन प्रहरीलाई सचेत पनि गराएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

गत मार्च २९ मा वाराणसीमा २३ केटाले स्नातक तहकी छात्रालाई ७ दिनसम्म सामूहिक बलात्कार गरेका थिए। यसपछि छात्रालाई सडकमा फालेर भागेका थिए।

यस प्रकरणमा मुख्य अभियुक्तसहित ९ जनालाई जेल पठाइएको छ। थप तीन अभियुक्त पक्राउ परेका छन्। मुख्य अभियुक्तको क्याफे सिल गरिएको छ।

अन्य अभियुक्तको खोजी जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad