ग्लोबल


चीनलाई हानि पुर्‍याउने व्यापार सम्झौता अमेरिकासँग नगर्न अन्य देशलाई चेतावनी

चीनलाई हानि पुर्‍याउने व्यापार सम्झौता अमेरिकासँग नगर्न अन्य देशलाई चेतावनी

फाइल तस्बिर: चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
बैशाख ८, २०८२ सोमबार ८:४३, काठमाडौँ

चीनको वाणिज्य मन्त्रालयले अमेरिकासँग आफ्नो देशलाई हानि पुर्‍याउने किसिमका यस्ता व्यापार सम्झौता गर्ने मुलुकहरूको पनि विरोध गर्ने बताएको छ।

चिनियाँ वाणिज्य मन्त्रालयले कसैले त्यस्तो सम्झौता गरेमा कडा जवाफी कदम चालिने चेतावनी पनि दिएको छ।

बीबीसीका अनुसार चीनको वाणिज्य मन्त्रालयले भनेको छ- तुष्टीकरणले शान्ति ल्याउने छैन र चीन अमेरिकाको एकपक्षीय नीतिविरुद्ध लड्न अन्य मुलुकसँग मिल्न तयार छ।

अमेरिकाले अन्य देशलाई भन्सार कर छुटको बदलामा चीनसँगको व्यापार सीमित गर्न दबाब दिन सक्छ भन्ने चर्चापछि चीनको उक्त अभिव्यक्ति आएको हो।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध चर्को भन्सार शुल्क घोषणा गरेपछि दुई देशबीच कर युद्ध सुरु भएको छ।

प्रतिशोधका कारण चीनविरुद्ध लगाइएको अमेरिकी कर १४५ प्रतिशत पुगेको छ भने अमेरिकी सामानमा बेइजिङको कर १२५ प्रतिशत पुगेको छ। 

यसैबीच अमेरिकाले चिनियाँ जहाजहरूमा बन्दरगाह शुल्क लगाउने योजना पनि बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad