ग्लोबल


३० हजार फिटमाथि उडिरहेका बेला जब विमानको छत खस्यो (भिडिओ)

३० हजार फिटमाथि उडिरहेका बेला जब विमानको छत खस्यो (भिडिओ)

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १७:२०, काठमाडौँ

विमानमा यात्रा गर्दा धेरै मानिसलाई प्रायः लाग्ने डर हो- दुर्घटना हुन्छ कि? तर एउटा विमानमा हामीले नसोच्ने खालको घटना भएको छ। 

जसको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

यो घटना डेल्टा एयरलाइन्सको उडानको हो, जसमा विमानको छतको एक भाग अचानक तल झर्दा यात्रुहरू आत्तिएका छन्। 

घटना यही अप्रिल १४ मा एटलान्टाबाट शिकागोको उडानमा भएको हो। विमान लगभग ३०,००० फिटको उचाइमा उडिरहेका बेला छतको एक भाग भत्किएको हो।

भिडिओमा केही यात्रुले थप तल नखसोस् भनेर त्यो भाग समातिरहेका छन्। 

भिडिओ सेयर गर्ने यात्रु लुकास माइकल पेनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन्, 'यो सबै हुँदा म र मेरो व्यापारिक साझेदार यस उडानमा थियौँ। हामी शिकागोबाट केवल एक घण्टा टाढा थियौँ, तर यो दुर्घटनाका कारण हामी एटलान्टा फर्कनुपर्‍यो।'

डक्ट टेपले गरियो मर्मत
केही समयपछि विमानका परिचारिकाहरू डक्ट टेप लिएर आए र भत्केको छतलाई अस्थायी रूपमा टाँस्ने प्रयास गरे। यो देखेर धेरै यात्रुले असन्तुष्टि व्यक्त गरे।

'हामी छाना समातिरहेका थियौँ र त्यसपछि टोलीले डक्ट टेप लगायो', पेनले भने, 'विचार गर्नुहोस्- यति ठूलो उडान र मर्मत गर्ने तरिका डक्ट टेप!'

घटनापछि डेल्टा एयरलाइन्सले यात्रुहरूसँग माफी माग्यो र लामो समयपछि यात्रुहरूलाई अर्को उडानबाट शिकागो पठायो। 

भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूबाट मिश्रित प्रतिक्रियाहरू आए। कतिपयले उडानको सुरक्षामा प्रश्न उठाए।

सामाजिक सञ्जालमा एकजनाले लेखे, 'हे भगवान्! उडान निरीक्षणका क्रममा कसैले यो देखेनन्?'

अर्काले लेखेका छन्, 'यो केवल एउटा भित्री प्यानल थियो, यसले उडानको वास्तविक सुरक्षामा कुनै असर पार्दैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad