रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन युद्ध अन्त्यका लागि रुस अमेरिकासँग सम्झौता गर्न तयार रहेको बताएका छन्।
यद्यपि उनले केही कुरा ‘ठिकसँग समायोजन’ गर्न आवश्यक रहेको पनि बताएका छन्।
उनले बीबीसीको अमेरिका सम्बद्ध सीबीएससँग भने, ‘संयुक्त राज्य अमेरिकाका राष्ट्रपति विश्वास गर्नुहुन्छ र मलाई पनि हामी सही दिशामा गइरहेका छौँ भन्ने लाग्छ।’
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले मस्कोमा राष्ट्रपति पुटिनलाई भेटेर वार्ता गर्न सक्छन्।
युक्रेनको किभका मेयर भिटाली क्लिट्स्कोले रुससँग कुनै पनि शान्ति सम्झौताअन्तर्गत देशले आफ्नो भूभाग त्याग्नुपर्ने हुन सक्ने सुझाव दिएका छन्।
426
Shares

प्रतिक्रिया