इरानको बन्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने झन्डै ५०० जना घाइते भएका छन्।
इरानको राहत तथा उद्धार संस्थाका प्रमुखले अहिलेसम्म कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
घाइतेहरूलाई उपचारका लागि सहरका विभिन्न अस्पतालमा लगिएको छ।
इरानको सरकारी सञ्चारमाध्यमले दक्षिणी इरानको शाहिद राजाई बन्दरगाहमा ठूलो विस्फोट भएको जनाएको छ। यद्यपि, विस्फोटको कारण अझै पत्ता लागेको छैन।
शाहिद राजाई इरानको सबैभन्दा ठूलो व्यावसायिक बन्दरगाह हो। बन्दरगाहका अधिकारीहरूले यहाँ धेरै कन्टेनर विस्फोट भएको र त्यसपछि ठूलो आगलागी भएको बताएका छन्।

सरकारी टेलिभिजनमा प्रसारित तस्बिरमा घटनास्थलबाट धुवाँ निस्किरहेको देखिन्छ।
489
Shares

प्रतिक्रिया