ग्लोबल


कैलाश मानसरोवर यात्रा घोषणा, आवेदन लिन खोलियो वेबसाइट

कैलाश मानसरोवर यात्रा घोषणा, आवेदन लिन खोलियो वेबसाइट

कैलाश मानसरोवर यात्रा जुन र अगस्टबीच हुनेछ।


नेपालखबर
बैशाख १३, २०८२ शनिबार २०:१८, काठमाडौँ

पहलगाम आक्रमणपछि जम्मु-कश्मीरको सुरक्षा अवस्थाबारे व्यक्त भइरहेको चिन्ताका बीच भारतको विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्राको घोषणा गरेको छ।

मन्त्रालयका अनुसार कैलाश मानसरोवर यात्रा यस वर्ष जुन र अगस्टको बीचमा हुनेछ।

मन्त्रालयले यस वर्ष उत्तराखण्ड हुँदै ५० जना तीर्थयात्रीका पाँच समूहले यात्रा गर्नेछन् भने सिक्किमको नाथुला हुँदै ५० जना तीर्थयात्रीका दश समूहले यात्रा गर्नेछन्।

मानसरोवर यात्राका लागि आवेदन स्वीकृत गर्न भारत सरकारले Kmy.gov.in वेबसाइट खोलेको छ।

भारतीय विदेश मन्त्रालयले भनेको छ- कैलाश मानसरोवर यात्राका लागि तीर्थयात्रीहरूको छनोट निष्पक्ष प्रक्रियाबाट गरिनेछ।

यसपछि उनीहरूलाई फरक-फरक मार्ग र समूह तोकिनेछ।

यसअघि केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले शुक्रबार पहलगाममा भएको आतंकवादी हमलाका बाबजुद अमरनाथ यात्रा अघि बढ्ने बताएका थिए। 

अमरनाथ यात्रा जुलाईमा सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad