पहलगाम आक्रमणपछि पाकिस्तानले भारतीय विमान कम्पनीहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेपछि भारतका अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भइरहेका छन्।
यसलाई ध्यानमा राख्दै भारतीय उड्डयन नियामक नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले विमान कम्पनीहरूका लागि एडभाइजरी जारी गरेको छ।
शनिबार जारी एडभाइजरीमा भनिएको छ- भारतीय विमान कम्पनीहरूका लागि पाकिस्तानको हवाई क्षेत्र बन्द भएका कारण अन्तर्राष्ट्रिय उडानहरूको समय बढेको छ, विशेष गरी दिल्लीलगायत उत्तर भारतीय सहरहरूमा जाने/आउने उडानहरूको समय बढेको छ।
सबै एयरलाइन्सका लागि अनिवार्य गरिएको एडभाइजरीमा डीजीसीएले एयरलाइन्स कम्पनीहरूले यात्रुहरूलाई उडानसँग सम्बन्धित उचित जानकारी दिनुपर्ने र उडानको समयमा उनीहरूलाई खाना र पेय पदार्थको सुविधा उपलब्ध गराउनुपर्ने बताएको छ।
Shares

प्रतिक्रिया