ग्लोबल


पहलगाम हमला: टर्की पाकिस्तानका पक्षमा

पहलगाम हमला: टर्की पाकिस्तानका पक्षमा

फाइल तस्बिर: टर्कीका राष्ट्रपति तैयप एर्दोगान र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफ


नेपालखबर
बैशाख १६, २०८२ मंगलबार ७:५५, काठमाडौँ

पहलगाम आतंकवादी हमलापछि पाकिस्तान र भारतबीच बढेको तनावबारे टर्की बोलेको छ।

टर्कीका राष्ट्रपति तैयप एर्दोगानले विज्ञप्ति जारी गरी दुवै देशलाई तनाव कम गर्न आह्वान गरेका छन्।

साथै उनले आफ्नो समर्थन पाकिस्तानलाई रहेको घोषणा पनि गरेका छन्।

टर्कीका राष्ट्रपति एर्दोगानले सोमबार राजधानी अंकारामा भने, ‘पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफले हालै हाम्रो देशको भ्रमण गरेका छन्। यस क्रममा हामीले पाकिस्तानसँग रक्षा र व्यापारका साथै बहुआयामिक सम्बन्धबारे छलफल गर्‍यौँ। यो समय सम्पूर्ण क्षेत्रको विकासका लागि निकै महत्त्वपूर्ण छ। हामी हाम्रो क्षेत्रमा वा बाहिर कुनै नयाँ द्वन्द्व चाहँदैनौँ। हामी आशा गर्दछौँ- पाकिस्तान र भारतबीच कुनै गम्भीर घटना हुनुअघि तनाव कम हुनेछ। हामी पनि पाकिस्तानी जनतालाई हाम्रो बलियो समर्थन दोहोर्‍याउँछौँ।'

टर्कीको सी-१३० हर्कुलस विमानले पाकिस्तानमा सैन्य सामग्री पुर्‍याएको अपुष्ट रिपोर्टहरू बाहिर आएका बेला एर्दोगानको यो बयान आएको हो।

अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएपछि भारत र पाकिस्तानबीच युद्धजस्तो अवस्था सिर्जना भएको छ।

यसैबीच पाकिस्तानले कुनै पनि बेला भारतले सैन्य आक्रमण गर्न सक्ने आशंकासमेत व्यक्त गरिसकेको छ। 

यस्तो अवस्थामा विश्वभरबाट दुवै देशलाई संयम अपनाउन अपिल भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad