ग्लोबल


यूएईमा रहेका ८०० नेपालीको राहदानी नवीकरण, ३ सय भन्दाबढीको निशुल्क स्वास्थ्य परीक्षण

यूएईमा रहेका ८०० नेपालीको राहदानी नवीकरण, ३ सय भन्दाबढीको निशुल्क स्वास्थ्य परीक्षण

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १९:३४, काठमाडौँ

यूएईमा कार्यरत नेपालीहरूका लागि २ दिने राहदानी नवीकरण सेवा शिविर सम्पन्न  भएको छ। 

दुईदिने शिविरमा निशुल्क स्वास्थ्य परीक्षण पनि गरिएको थियो। स्वास्थ्य परीक्षण सेवामा करिब ३०० नेपालीले सहभागिता जनाए। 

अहालिएका अस्पतालका का डा. याशिर श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मी टोलीले आँखाको परीक्षण, मधुमेह तथा रक्तचाप जाँचजाँच लगायतका सेवा निशुल्क रुपमा उपलब्ध गराएको थियो।

स्वास्थ्य परीक्षणसँगै डा. श्रेष्ठले उपस्थित नेपालीहरूसँग शारीरिक तथा मानसिक स्वास्थ्यका समस्याहरू र समाधानका उपायबारे अन्तरक्रिया गर्नुका साथै उपयोगी जानकारीहरू पनि दिएका थिए।

शिविरमा राहदानी नवीकरण गर्न आउने सेवाग्राहीको संख्यामा उल्लेख्य वृद्धि भएको बताइएको छ। भिसाको अवधि समाप्त भइसकेका वा हुन लागेका, राहदानी हराएका तथा म्याद सकिन लागेका नेपालीहरूलाई प्राथमिकता दिई सञ्चालन गरिएको शिविरमा ८०० भन्दा बढी नेपालीहरूको राहदानी नवीकरण गरिएको दूतावासले जनाएको छ।

शिविर अवधिमा कन्सुलर प्रमाणीकरणलगायतका अन्य नियमित सेवाहरू पनि प्रदान गरिएको थियो।

शिविरमा गैरआवासीय नेपाली संघ यूएई र नेपाली समाज, यूएईले स्वयंसेवकहरू उपलब्ध गराएर सहयोग गरेका थिए।

दूतावासले यूएईमा कार्यरत नेपालीहरूलाई लक्षित गरी शारीरिक तथा मानसिक स्वास्थ्य र श्रमसम्बन्धी विविध विषयमा समय-समयमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad