ग्लोबल


तेल अभिभ विमानस्थलनजिकै क्षेप्यास्त्र प्रहार, एअर इन्डियाको विमान डाइभर्ट

तेल अभिभ विमानस्थलनजिकै क्षेप्यास्त्र प्रहार, एअर इन्डियाको विमान डाइभर्ट

नेपालखबर
बैशाख २१, २०८२ आइतबार १९:२९, काठमाडौँ

आइतबार इजरायलको तेल अभिभ विमानस्थलनजिकै मिसाइल आक्रमण भएपछि एअर इन्डियाको विमान अबुधाबी डाइभर्ट गरिएको छ।

यो विमान भारतको राजधानी दिल्लीबाट तेल अभिभ जाँदै थियो।

आइतबार विमानस्थलनजिकै घातक मिसाइल आक्रमण गरिएको थियो।

स्रोतका अनुसार एअर इन्डियाको उडान नम्बर एआई १३९ तेल अभिभमा अवतरण गर्नुभन्दा एक घण्टाभन्दा कम समयअघि आक्रमण भएको थियो।

समाचार एजेन्सी पीटीआईका स्रोतहरूले विमान अब दिल्ली फिर्ता ल्याइने बताएका छन्। उडान ट्र्याकिङ वेबसाइट Flightradar24.com मा उपलब्ध जानकारीअनुसार, अबुधाबीमा डाइभर्ट गर्ने निर्णय लिइँदा उडान जोर्डनको हवाई क्षेत्रमा थियो।

आइतबारका लागि एअर इन्डियाले तेल अभिभबाट दिल्लीको उडान रद्द गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

इजरायली मिडियाले आपत्‌कालीन सेवाहरूलाई उद्धृत गर्दै विस्फोटमा चार जना घाइते भएको र आश्रयस्थलमा भाग्ने क्रममा थप दुई जना घाइते भएको बताएको छ।

घटनापछि चेतावनी दिँदै इजरायलका रक्षामन्त्री इजरायल काट्जले विज्ञप्तिमार्फत भनेका छन्, ‘हामीमाथि आक्रमण गर्ने जो कोहीलाई पनि सात गुणा बढी बल प्रयोग गरिनेछ।’

अनि हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारियाले टेलिभिजनमा प्रसारित वक्तव्यमा भनेका छन्, ‘इजरायली विमानस्थल अब हवाई यात्राको लागि सुरक्षित छैन।’

तेल अभिभ विमानस्थलनजिकै मिसाइल प्रहार हुँदाका दृश्य भनी सार्वजनिक भिडिओ फुटेज:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad