कर्णाली


कर्णाली प्रदेशको बजेट अधिवेशन वैशाख २८ गते आह्वान गर्न सिफारिस

कर्णाली प्रदेशको बजेट अधिवेशन वैशाख २८ गते आह्वान गर्न सिफारिस

नेपालखबर
बैशाख २१, २०८२ आइतबार १९:३५, सुर्खेत

आइतबार बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन वैशाख २८ गतेबाट आह्वान गर्नका लागि सिफारिस गरेको छ। 

मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन १८ चैत २०८१ मा अन्त्य भएको थियो। प्रदेश सरकारद्वारा आह्वान भएको अधिवेशनबाट आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट पारित हुनेछ।

यस्तै, बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad