इजरायली सेनाले गाजामा आफ्नो कारबाहीलाई ‘तीव्र पार्न र विस्तार गर्न’ हजारौँ रिजर्भ सैनिक बोलाउन थालेको छ।
इजरायली रक्षा बल (आईडीएफ) ले गाजाका बन्धक रिहा र हमासलाई हराउन ‘दबाब बढाइरहेको’ बताएको छ।
यो योजनाअन्तर्गत नयाँ क्षेत्रमा युद्ध र जमिन माथि तथा तल ‘सबै पूर्वाधार नष्ट’ गरिने इजरायली सेनाले बताएको छ।
इजरायली मिडियाका अनुसार इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजामा नयाँ सैन्य विस्तारलाई अनुमोदन गरेको छ।
यद्यपि धेरै रिपोर्टमा यो सैन्य विस्तार अर्को हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणपछि लागु गरिने उल्लेख गरिएको छ।
इजरायल र हमासबी युद्धविराम सम्झौता असफल भएको छ र गाजामा अझै ५९ बन्धक रिह गर्न बाँकी छ, जसमध्ये २४ जना जीवित रहेको आशा छ।
201
Shares

प्रतिक्रिया