पाकिस्तानसँग तनावका बीच भारत सरकारले मे ७ तारिखका दिन देशका २४४ जिल्लामा ‘मोक ड्रिल्स’ गर्न निर्देशन दिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार यसमा नागरिकहरूलाई युद्धका बेला आफ्नो सुरक्षा कसरी गर्ने भन्ने विषयमा तालिम दिइन्छ।
यसअन्तर्गत हवाई आक्रमणको साइरनसँग सम्बन्धित नक्कली अभ्यास गरिन्छ। राज्यहरूलाई हवाई आक्रमणको चेतावनी साइरन जडान गर्न पनि निर्देशन दिइएको छ।
हवाई आक्रमणको साइरन बजेको अवस्थामा सिभिल डिफेन्स, विद्यार्थी र नागरिकलाई बच्नेबारे तालिम दिइन्छ।
कुनै पनि प्रकारका हवाई आक्रमण भएमा साइरन बज्न थाल्छन् ताकि मानिसहरू नजिकैको कुनै सुरक्षित ठाउँमा लुक्न सकून्।
भारतमा पछिल्लोपटक यस्तो अभ्यास सन् १९७१ मा गरिएको थियो। जतिबेला भारत र पाकिस्तानबीच युद्ध भएको थियो।
अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा आतंकवादी हमला हुँदा २६ जना मारिएका थिए।
यसपछि भारत र पाकिस्तानबीच विवाद बढेको छ।
Shares

प्रतिक्रिया