भारतीय सेनाले जम्मू कश्मीरको पुंछ सेक्टरको नियन्त्रण रेखा (एलओसी) मा एक पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ।
सेनाका अधिकारीहरूलाई उधृत गर्दै नवभारत टाइम्सले पाकिस्तानी नागरिकलाई नियन्त्रण रेखाबाट पक्राउ गरिएको उल्लेख गरेको छ।
पहलगामी आक्रमणपछि भारतीय अधिकारीहरूले नियन्त्रण रेखामा निगरानी बढाएका छन्।
यसअघि मे ३ को राति सीमा सुरक्षा बल (बीएसएफ) ले भारतीय सीमामा घुसपैठ गरेको आरोपमा एक पाकिस्तानी नागरिकलाई पक्राउ गरेको थियो।
गत हप्ता बीएसएफले राजस्थानको भारत-पाकिस्तान सीमामा एक पाकिस्तानी रेन्जरलाई पनि पक्राउ गरेको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको छ।
9
Shares

प्रतिक्रिया