भारतले पाकिस्तानमा हवाई हमला गरेको परिस्थितिमा नजर राखेको अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले बताएका छन्।
उनले एक्समा लेखेका छन्, 'म भारत र पाकिस्तानको अवस्थालाई नजिकबाट नियालिरहेको छु।'
उनले थपेका छन्, 'म राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीसँग सहमत छु कि यो चाँडै अन्त्य हुनुपर्छ र शान्तिपूर्ण समाधानका लागि भारतीय र पाकिस्तानी नेतृत्व दुवैसँग वार्ता जारी राख्नेछु।'
यसैबीच केही समयअगाडि पाकिस्तानी सेनाले बीबीसी हिन्दीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ।
भारतकै अर्को पत्रिका दैनिक भास्करले भने हमलामा ३० जना मारिएको लेखेको छ।
1.2k
Shares

प्रतिक्रिया