ग्लोबल


भारतीय आक्रमणमा मसुद अजहरको परिवारका १० सदस्य मारिए

भारतीय आक्रमणमा मसुद अजहरको परिवारका १० सदस्य मारिए

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १३:५८,

गएराति भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा आफ्नो परिवारका १० सदस्य मारिएको  मसुद अजरहरले बताएका छन्।

अजहर राष्ट्रसंघद्वारा आतंकवादी घोषित व्यक्ति हुन्। उनी जैस ए मोहम्मद नामक आतंकवादी संगठनका मुखिया पनि हुन्।

अजहरले पाकिस्तानको बहावलपुरस्थित शुभानअल्लाह मस्जिदमा भएको भारतीय हमलामा परिवारका १० सदस्य र चार निकट सहयोगी मारिएको बताएका हुन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै जैस ए मोहम्मदले अजहरका दिदी, भिनाजु, भान्जा, उनीकी पत्नीसहित पाँच बालबच्चा मारिएको बताएको छ।

२०१९ मा कस्मिरमा ४० भारतीय जवानको ज्यान जानेगरी भएको हमला जैस ए मोहम्मदले नै गराएको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad