ग्लोबल


भारत-पाकिस्तान सैन्य टकराबले रुस 'गम्भीर चिन्तामा'

भारत-पाकिस्तान सैन्य टकराबले रुस 'गम्भीर चिन्तामा'

नेपालखबर
बैशाख २४, २०८२ बुधबार २०:४०, काठमाडौँ

रुसले भारत र पाकिस्तानबीच गहिरिँदै गएको टकराबप्रति गहिरो चिन्ता प्रकट गरेेको छ।

रुसको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ- भारत र पाकिस्तानबीच गहिरो हुँदै गएको सैन्य टकराबबाट गम्भीर रूपमा चिन्तित छौँ।

आरटी वेबसाइटको रिपोर्टअनुसार, विज्ञप्तिमा दुवै देशलाई संयम अपनाउन आग्रह पनि गरिएको छ।

'रुस सबै प्रकारका आतंकवादको कडा शब्दमा निन्दा गर्दछ र यस दुष्टतासँग प्रभावकारी रूपमा लड्न सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको संयुक्त प्रयासको आवश्यकतामा जोड दिन्छ', विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा थप भनिएको छ, 'आशा छ- भारत र पाकिस्तानबीचका विद्यमान मतभेद शान्तिपूर्ण माध्यमबाट समाधान गर्न सकिन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad