भारतीय सेनाले मंगलबार रातिदेखि पाकिस्तानले गरेको गोलाबारीबाट मृत्यु हुने सर्वसाधारणको संख्या १५ पुगेको बताएको छ।
यस्तै घटनामा ४३ जना घाइते भएको बताइएको छ।
जम्मु-कश्मीरको पुंछ र तंगधारका नागरिक क्षेत्र गोलाबारीबाट प्रभावित भएको बताइएको छ।
मंगलबार राति भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै स्थानमा हवाई आक्रमण गरेको थियो।
जसमा २६ जना सर्वसाधारणको मृत्यु तथा ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्।
अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा आतंककारीले २६ जनाको हत्या गरेको बदलामा भारतले मंगलबार राति पाकिस्तानमा हवाई हमला गरेको हो।
9.1k
Shares

प्रतिक्रिया