बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले पाकिस्तानमा भारतले गरेको हवाई आक्रमणलाई जायज भनेका छन्।
उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत भारतले आतंककारी लुक्ने स्थानमा आक्रमण गर्नु सही भएको बताएका हुन्।
कुनै पनि देशले आफूविरुद्ध आतंकवादी आक्रमण सहन नहुने उल्लेख गर्दै सुनकले लेखेका छन्, ‘भारतले आतंककारी लुक्ने ठाउँहरूमा आक्रमण गर्नु सही हो। आतंककारीहरूलाई कुनै पनि प्रकारको छुट दिन सकिँदैन।’
मंगलबार राति भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै स्थानमा हवाई आक्रमण गरेको हो।
जसमा २६ जना नागरिकको मृत्यु तथा ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्।
1.8k
Shares

प्रतिक्रिया