कला


दीक्षा र साइरसलाई मिस एन्ड मिस्टर सुप्रानेसनलको उपाधि

दीक्षा र साइरसलाई मिस एन्ड मिस्टर सुप्रानेसनलको उपाधि

नेपालखबर
बैशाख २४, २०८२ बुधबार २२:१६, काठमाडौँ

बुधबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मिस एण्ड मिस्टर नेसनल नेपाल २०२५’ को ग्रान्ड फिनाले सम्पन्न भएको छ। प्रतियोगितामा ६ विधामा विजेता घोषित गरिएको छ।  

जहाँ दीक्षा अवस्थी मिस सुप्रा नेसनल र साइरस विश्वकर्माले मिस्टर सुप्रा नेसनलको उपाधि जिते। मिस्टर इन्टरनेसनल सिद्धार्थ तामाङ,मिस ग्लोब रिजु भट्टराई, मिस्टर टुरिज्म क्रिशल श्रेष्ठ र मिस इन्टरकन्टिनेन्टल सुम्निमा पुरी घोषित भए।

मिस नेसनल नेपाल अनिशा श्रेष्ठ र मिस्टर नेसनल नेपाल प्रयाग रेग्मी बने। फस्ट रनरअफ सिल्भिया शर्मा र सिजल कपाली बन्दा सेकेन्ड रनरअफ युक्ता सिंह र अजहर आलम भए।

प्रत्येक विजेताहरुले २ लाख पुरस्कारसहित उपहारहरु हात पारे। सनुर्वी इन्टरनेसनल तथा नेसनल डारेक्टर सन्तोष उपाध्यक्षले पुरस्कार प्रदान गरे।

महिला र पुरुष मोडलहरु संयुक्त रुपमा सहभागी प्रतियोगिताको फिनालेमा टप २७ जना प्रतिस्पर्धीहरु सहभागी थिए। नोभेम्बर क्लोथिङको चौथो सिजनको ट्रु डर्मा र महिन्द्रा अग्नि समूहले सहकार्य थियो।

त्यसैगरी, फिनालेमा सबटाइटल राउन्डको विजेता पनि घोषणा गरिएको छ। साइरस विश्वकर्मा र सुम्निमा पुरी उत्कृष्ट स्विमवेयर, सिजल कपाली र अनिशा श्रेष्ठले टप फोटोजेनिक, साइरस विश्वकर्मा र मनिशा पन्तले टप फिजिकको अवार्ड हात पारे।

त्यस्तै, टप मोडलतर्फ दीक्षा अवस्थी र क्रिशल श्रेष्ठ उत्कृष्ट हुँदा सिल्भिया शर्मा मिस इलिगेन्स, मिस्टर एलिगेन्स प्रयाग रेग्मी, मल्टिमिडिया अवार्ड  रविना जिसी र सिद्धार्थ तामाङ, पब्लिक च्वाइस अवार्ड रिजु भट्टराई र अजहर आलमले जिते।

सिद्धार्थ तामाङ र सुम्निमा पुरी मिस्टर एन्ड मिस ट्यालेन्ट, मिस्टर एन्ड मिस फोटोजेनिक छेवाङ शेर्पा र सुम्निमा पुरी, मिस एन्ड मिस्टर हस्पिटालिटी वर्षा थापा र छेवाङ शेर्पा, मिस्टर एन्ड मिस स्क्रीन अवार्ड सिद्धार्थ तामाङ र दीक्षा अवस्थी, बेस्ट हेयरको अवार्ड  मनिश शाह र अनु राई, बेस्ट स्माइल आयुश श्रेष्ठ र अन्जना शेर्पाले जिते।

त्यसैगरी, मिस्टर एन्ड मिस कन्जिनियालिटी जीवन उप्रेती र अनिशा श्रेष्ठ, मिस एन्ड मिस्टर कम्युनिकेट युक्ता सिंह र जीवन उप्रेती , मिस्टर एन्ड मिस इन्फ्युन्जर साइरस विश्वकर्मा र जुली शाह, मिस एन्ड मिस्टर इम्पावरमेन्ट स्वेछा ढकाल र स्पन्दन राई बने।

प्रतियोगिताको निर्णायकको रुपमा डा। सन्तोष उपाध्याय, अरुण बस्नेत, केदारप्रसाद न्यौपाने, डा केशु खड्का, सिजल रुपाखेती, प्रीया सिग्देल रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad