पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतसँगको टकराबबारे टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग कुरा गरेको बताएका छन्।
उनले भारतले गरेको आक्रमणमा मारिएकाहरूका लागि टर्कीले व्यक्त गरेको समवेदनाको कदर गर्ने बताए।
शरिफले एक्समा लेखेका छन्, ‘यस महत्त्वपूर्ण समयमा पाकिस्तानलाई टर्कीको ऐक्यबद्धता र समर्थनका लागि उहाँ (एर्डोगन) लाई धन्यवाद।’
पाकिस्तानी प्रधानमन्त्रीले अगाडि लेखेका छन्, ‘हामी हाम्रो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको कुनै पनि हालतमा रक्षा गर्नेछौँ। दक्षिण एसियामा तनाव कम गर्न र शान्ति कायम गर्न टर्कीले गरेको प्रयासका लागि पाकिस्तान आभारी छ।’
मे ७ मा भारतले पाकिस्तानमा हवाई आक्रमण गरेपछि टर्कीको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो।
जसमा भारत र पाकिस्तानबीच जारी अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भनिएको छ, ‘हामी कुनै पनि उत्तेजक कार्य र नागरिक र नागरिक भवनमाथि आक्रमणको निन्दा गर्छौं। हामी आशा गर्छौं- तनाव कम गर्न सकेसम्म चाँडो कदम चालिनेछ।’
विज्ञप्तिमा दुवै पक्षलाई एकपक्षीय कारबाहीबाट बच्न अपिल गरिएको छ र टर्कीले पहलगाम आक्रमण अनुसन्धानका लागि पाकिस्तानको मागलाई समर्थन गर्ने पनि भनेको छ।
Shares

प्रतिक्रिया