ग्लोबल


पुटिनले युक्रेनमा एकतर्फी रूपमा गरेको तीनदिने युद्धविराम आजदेखि

सी चिनफिङसहित विश्वका नेताहरू मस्कोमा
पुटिनले युक्रेनमा एकतर्फी रूपमा गरेको तीनदिने युद्धविराम आजदेखि

फाइल तस्बिर: रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की


नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १३:२३, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिने युद्धविरामका लागि दिएको आदेश बिहीबारदेखि लागु भएको क्रेमलिनले जानकारी गराएको छ।

युद्धविरामलाई रुसले शान्तिका लागि किएभको तत्परताको परीक्षण भएको बताएको छ।

चीनका राष्ट्रपति सी चिनफिङ, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा र सर्बियाका अलेक्जेन्डर भुसिकसहितका विश्वका नेताहरू दोस्रो विश्वयुद्धको अन्त्यको सम्झनामा मनाइने कार्यक्रममा सहभागी हुन मस्कोमा छन्।

युक्रेनको सेनाले बिहीबार बिहानै पूर्वी सुमी क्षेत्रमा रुसी सेनाले हवाई आक्रमण गरेको बताए पनि रातभर अपेक्षाकृत शान्त देखिएको छ। किएभले कुनै पनि क्षति वा हताहतको जानकारी दिएको छैन।

रुसी नेता पुटिनले जर्म नाजीविरुद्ध मस्कोको विजय दिवस परेडको अवसर पारेर एकतर्फी रूपमा अस्थायी युद्धविराम गर्न आदेश दिएका हुन्। 

यद्यपि, युक्रेनले यो युद्धविराम प्रस्तावमा सहमति जनाएको छैन। युक्रेनले यसलाई नाटकको संज्ञा दिँदै यो युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ र यसको सट्टा ३० दिनको युद्धविरामको आह्वान गरेको छ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गत जनवरीमा युक्रेनको सत्ता सम्हालेयता मस्कोले युक्रेनमा गरेको तीनवर्षे सैन्य आक्रमण अन्त्य गर्ने प्रयास गरे पनि दुई देशबीचको शत्रुता कम गर्न असफल देखिएका बेला एकतर्फी रूपमा भएको युद्धविरामलाई पुटिनको रणनीतिका रूपमा अर्थ्याइएको छ।

पुटिनको आदेश लागु हुनुभन्दा केही घण्टाअघि मस्को र किएभले हवाई आक्रमण गरेका छन्।

जसका कारण रुसी एक विमानस्थलमा सेवा अवरुद्ध भएको छ भने युक्रेनमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो।

रुसको पश्चिमी क्षेत्रमा रहेको निज्नी नोभगोरोड विमानस्थलमा ‘नागरिक र उडानको सुरक्षा सुनिश्चित गर्न’ बिहीबार बिहान करिब डेढ घण्टाका लागि बन्द गरिएको संघीय हवाई यातायात निकायका प्रवक्ताले बताएको छ। 

क्रेमलिनले रुसी सेनाले पुटिनको आदेशलाई पालना गर्ने तर आक्रमण भएमा तुरुन्तै जवाफ दिने बताएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार साँझ आफ्नो सम्बोधनमा ३० दिने युद्धविरामका लागि आह्वान गरेका छन्।

‘कूटनीतिलाई मौका दिन सक्ने यो (३० दिने युद्धविराम) प्रस्ताव हामीले फिर्ता लिएका छैनौँ। तर विश्वले रुसबाट कुनै प्रतिक्रिया देखिरहेको छैन’, उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad