ग्लोबल


जम्मुमा ब्ल्याकआउट, सहरभरि साइरन

जम्मुमा ब्ल्याकआउट, सहरभरि साइरन

सांकेतिक तस्बिर


नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार २१:१४, काठमाडौँ

जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले जम्मुमा ब्ल्याकआउट भएको र साइरनको आवाज सुनिएको जानकारी दिएका छन्।

अब्दुल्लाहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘जम्मुमा ब्ल्याकआउट छ, सहरभरि साइरनको आवाज सुन्न सकिन्छ।’

यसअघि बिहीबार राति पनि पाकिस्तानसँग सीमा जोडिएका जिल्लाहरूमा ब्ल्याकआउट र गोलाबारी भएको रिपोर्ट आएको थियो।

जोखिमलाई ध्यानमा राख्दै आज साँझदेखि धेरै जिल्लाहरूमा ब्ल्याकआउट गरिएको छ।

भारतले बिहीबार राति पाकिस्तानले ३६ स्थानमा ३००-४०० ड्रोन पठाएको तर त्यसलाई खसालिएको दाबी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad