ग्लोबल


भारत र पाकिस्तानलाई जी-७ देशहरूको अपिल: संयम बन, वार्ता गर

भारत र पाकिस्तानलाई जी-७ देशहरूको अपिल: संयम बन, वार्ता गर

नेपालखबर
बैशाख २७, २०८२ शनिबार ९:२३, काठमाडौँ

जी-७ देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्।

यो अपिल दुई देशबीच सैन्य टकराब बढिरहेका बेला आएको हो।

क्यानडाका तर्फबाट जारी विज्ञप्तिमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेश मन्त्रीहरूले २२ अप्रिलमा जम्मु कश्मीरको पहलगाममा पर्यटकलाई भएको आक्रमणको कडा निन्दा गरेका छन्।

यसका साथै जी-७ देशहरूले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन्।

जी-७ को विज्ञप्तिमा भनिएको छ, ‘हामी चाहन्छौँ- दुवै देशले एकअर्कासँग कुरा गरून् र तनाव बढाउनुको सट्टा शान्तिपूर्ण समाधानतर्फ अघि बढून्।’

जी-७ विश्वका सात देशहरूको समूह हो, जसमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका छन्।

जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ कारबाही चलाइरहेको थियो।

त्यसको जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध 'अपरेसन बुन्यान-अन-मार्सुस' थालिएको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad