ग्लोबल


भारतीय सेनाले भन्यो: पाकिस्तानले आक्रमण गरिरहेको छ

भारतीय सेनाले भन्यो: पाकिस्तानले आक्रमण गरिरहेको छ

रेहारी कोलोनीमा पाकिस्तानबाट भएको आक्रमणमा सवारी साधनहरू क्षतिग्रस्त भए।


नेपालखबर
बैशाख २७, २०८२ शनिबार १०:३७, काठमाडौँ

भारतीय सेनाले पाकिस्तानले आफ्नो पश्चिमी सिमानामा आक्रमण गरेको बताएको छ।

भारतीय सेनाको एडिसनल डाइरेक्टरेट जनरल अफ पब्लिक इन्फर्मेसनले पश्चिमी सीमामा पाकिस्तानबाट ड्रोन र अन्य हतियार प्रयोग गरेर आक्रमण भइरहेको बताएको छ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'आज बिहान ५ बजे अमृतसरको खासा क्यान्टमाथि धेरै सशस्त्र ड्रोनहरू उडिरहेको देखिएका छन्। हाम्रो वायु रक्षा प्रणालीले तिनीहरूलाई विफल पारेको छ।'

'भारतको सार्वभौमसत्ता उल्लंघन गर्ने र आफ्ना नागरिकहरूलाई खतरामा पार्ने पाकिस्तानको प्रयास स्वीकार्य हुन सक्दैन।'

जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान चलाइरहेको थियो।

त्यसको जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध 'अपरेसन बुन्यान-अन-मार्सुस' थालिएको बताएको छ। 

यसैबीच जी-७ देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad