ग्लोबल


जम्मु-कश्मीर विवादमा ट्रम्पको वक्तव्यले पाकिस्तान खुसी

जम्मु-कश्मीर विवादमा ट्रम्पको वक्तव्यले पाकिस्तान खुसी

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १६:२९, काठमाडौँ

पाकिस्तानको विदेश मन्त्रालयले भारत र पाकिस्तानबीचको युद्धविरामबारे अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको वक्तव्यको स्वागत गरेको छ।

पाकिस्तानी विदेश मन्त्रालयले एक्समा पोस्ट गरेको छ, 'पाकिस्तानले भारत-पाकिस्तान सम्बन्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बयानको स्वागत गर्दछ।'

अगाडि भनेको छ, 'हामी पाकिस्तान र भारतबीचको हालैको युद्धविरामलाई समर्थन गर्न अन्य मित्र राष्ट्रहरूसँग मिलेर संयुक्त राज्य अमेरिकाले खेलेको रचनात्मक भूमिकाको कदर गर्छौं।'

विज्ञप्तिमा विदेश मन्त्रालयले जम्मु-कश्मीर विवाद समाधान गर्ने प्रयासलाई समर्थन गर्दै राष्ट्रपति ट्रम्पले देखाएको तत्परताको कदर गर्ने बताएको छ।

विज्ञप्तिमा भनेको छ, 'यो पुरानो मुद्दा हो, जसले दक्षिण एसिया मात्र नभई सम्पूर्ण विश्वको शान्ति र सुरक्षामा गम्भीर प्रभाव पार्छ।'

विज्ञप्तिमा पाकिस्तानी विदेश मन्त्रालयले अगाडि लेखेको छ, थप भन्यो, 'पाकिस्तान दोहोर्‍याउँछ- जम्मु कश्मीर विवादको कुनै पनि न्यायपूर्ण र दिगो समाधान संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावअनुसार हुनुपर्छ र कश्मीरी जनताको मौलिक अधिकार, विशेष गरी अभिव्यक्ति स्वतन्त्रताको अधिकार र जनताको शान्ति र सुरक्षालाई ध्यानमा राख्नुपर्छ।'

यसअघि डोनाल्ड ट्रम्पले आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै भारत र पाकिस्तानसँग कश्मीर मुद्दाको शान्तिपूर्ण समाधान खोज्ने प्रयास गरिरहेको उल्लेख गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad